युरिक एसिडका बिरामीलाई लौकाको जुस फाइदाजनक, कहिले र कसरी सेवन गर्ने?

डिसी नेपाल
२६ मंसिर २०८१ १४:३९

काठमाडौं। जीवनशैलीसँग सम्बन्धित रोगहरु मध्ये युरिक एसिडको समस्या पनि तिव्र गतिमा बढिरहेको छ । शरीरमा युरिक एसिड उत्पादन हुन्छ र मृगौलाले यसलाई फिल्टर गर्छ तर जब शरीरमा युरिक एसिड बढी हुन्छ भने मृगौलाले त्यसलाई फिल्टर गर्न सक्दैन ।

यस्तो अवस्थामा युरिक एसिडको क्रिस्टल जोर्नीमा जम्मा हुन थाल्छ र दुखाइ हुन्छ । युरिक एसिड बढी भएमा प्युरिनयुक्त खानेकुरा र उच्च प्रोटिनयुक्त खानेकुराको सेवन कम गर्नुपर्छ । यसका साथै केही घरेलु उपायबाट पनि यसलाई कम गर्न सकिन्छ । युरिक एसिड घटाउन घरमै जुस बनाएर पिउनुहोस् । यो जुस पिउनाले दुई हप्ता भित्र युरिक एसिड कम हुन्छ । युरिक एसिड घटाउने जुस कसरी बनाउने जान्नुहोस् ः

लौकाको जुस कसरी बनाउने ?
सबैभन्दा पहिले लौका, स्याउ र काक्राको बोक्रा छिलेर मिक्सरमा पिसेर वा अलिकति पानी हालेर सुती कपडाले निचोरेर रस निकाल्ने । लौका र काँक्रा तीतो हुनुहुँदैन भन्ने कुरामा ध्यान दिनुहोस्। त्यसपछि स्याउ, काँक्रा र लौकाको रसमा एक चम्चा गुर्जो मिसाउनुहोस्। त्यसैगरी तुलसीलाई राम्ररी पिसेर रसमा मिलाएर एलोभेराको पल्प वा जुस पनि हाल्नुहोस्। अब सबै कुरा राम्ररी मिलाउनुहोस् र स्वादको लागि कालो नुन पनि थप्नुहोस्। युरिक एसिडका बिरामीले तयार भएको जुस बिहान खाली पेटमा १०–१५ दिनसम्म लगातार पिउनुपर्छ । यसले उच्च युरिक एसिड कम गर्छ र जोर्नी दुखाइबाट पनि राहत दिन्छ।

लौकाको जुसका फाइदा
यो जुसले शरीरबाट चाँडै यूरिक एसिड निकाल्छ, यसले क्यालोरी कटरको काम गर्छ जसले शरीरमा बोसो बढ्नबाट रोक्छ। यो जुस पिउनाले कलेजोलाई डिटक्सिफाई गर्छ जसले पाचन क्रियामा सुधार गर्छ । यो जुस नियमित पिउनाले रोग प्रतिरोधात्मक क्षमता बढ्छ र शरीरको हरेक अंग सफा हुन्छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *