खुलेआम हाई प्रोफाइल हत्याका कारण मेक्सिकोमा सनसनी !
काठमाडौं । मेक्सिकोमा लामो समयदेखि राजनीतिक हिंसा भइरहेको छ। यसैबीच, देशका एक सांसदको हत्याको सनसनीपूर्ण घटना बाहिर आएको छ ।
यो घटना भेराक्रुज क्षेत्रको हो। भेराक्रुजको महान्यायाधिवक्ताको कार्यालयले मेक्सिकोको वामपन्थी सत्तारूढ गठबन्धनका सांसद बेनिटो अगसको हत्या भएको पुष्टि गरेको छ।
स्थानीय सञ्चारमाध्यमका अनुसार मध्य भेराक्रुजमा रहेको सांसद अगसमाथि कैयौं राउण्ड गोली चलाइएको थियो, जसमा उनको घटनास्थलमै मृत्यु भएको थियो। अगस मेक्सिकोको ग्रीन पार्टीका सांसद थिए, जुन राष्ट्रपति क्लाउडिया शेनबाउमको मोरेना पार्टीको नेतृत्वमा रहेको सत्तारूढ गठबन्धनको हिस्सा थियो।
मेक्सिकोकी राष्ट्रपति क्लाउडिया शेनबाउमले घटनाप्रति दुःख व्यक्त गरेकी छिन् । उनले यस मामिलामा न्याय सुनिश्चित गर्न भेराक्रुजका गभर्नरसँग काम गर्न सुरक्षा अधिकारीहरूलाई निर्देशन दिएकी छिन्।
यसअघि मेक्सिकोको गुरेरोमा मेयर अर्कोसको हत्या भएको थियो । मेयर बनेको ६ दिनमै उनको हत्या भएको थियो । अर्कोसको मृत्यु सहरको नयाँ सरकारका सचिव फ्रान्सिस्को तापियालाई गोली हानेको तीन दिनपछि भएको थियो। मेक्सिकोमा जुन २ मा भएको निर्वाचनमा कम्तिमा ६ जना उम्मेदवारको मृत्यु भएको छ ।
Facebook Comment