पाकिस्तानको उर्जा पूर्वाधार विकासका लागि एडीबीद्वारा २० करोड डलर ऋण स्वीकृत
मनिला। एसियाली विकास बैंक (एडीबी) ले बुधबार २० करोड अमेरिकी डलर ऋण पाकिस्तानको उर्जा पूर्वाधारको स्तरोन्नति गर्न स्वीकृत गरेको जनाएको छ। पाकिस्तानको बिजुली वितरण पूर्वाधारको आधुनिकीकरण गर्न र बिजुली वितरण कम्पनीहरूको क्षमता सुधार गर्न उक्त ऋण स्वीकृत गरिएको हो।
एडीबीको विद्युत वितरण सुदृढीकरण परियोजनाले देशको द्रुत रूपमा बढ्दो बिजुलीको माग पूरा गर्न वितरण प्रणालीको स्तरोन्नति र आधुनिकीकरण गर्ने लक्ष्य राखेको छ। यस परियोजनाले महत्वपूर्ण ऊर्जा घाटा घटाउने तथा जलवायु परिवर्तन र विपद् सम्बन्धी जोखिमहरू विरुद्ध पूर्वाधारको लचिलोपन बढाउने बैंकले जनाएको छ।
एडीबीले देशका तीन प्रमुख वितरण कम्पनीहरूमा कम्तिमा अनलाइन ट्रान्सफर्मर कार्यसम्पादन अनुगमन प्रणाली स्थापना गर्न आर्थिक सहयोग गर्ने जनाएको छ।
Facebook Comment