एनपिएलः आज दुई खेल हुँदै

काठमाडौं। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको खेल मैदानमा जारी नेपाल प्रिमियर लिग (एनपिएल)मा आज दुई खेल हुँदैछन्।
पहिलो खेल पोखरा एभेन्जर्स र विराटनगर किङ्स र दोस्रो स्पर्धा काठमाडौं गुर्खाज् जनकपुर बोल्ट्सबीच हुनेछ। हालसम्म काठमाडौंले दुई खेल जितेको छ भने पाँच खेलमा स्पर्धा गरेको जनकपुर चार खेलमा विजयी भएको छ।
पहिलो खेल ९ः१५ र दोस्रो खेल १ः१५ बजे हुनेछ।
प्रतिक्रिया
Facebook Comment