कतारले दश वर्षपछि फेरि सिरियामा दूतावास खोल्ने
काठमाडौं । कतारले सिरियाको राजधानी दमास्कसमा छिट्टै आफ्नो दूतावास पुनः खोल्न चाहेको बताएको छ ।
सिरियाका नयाँ अन्तरिम प्रधानमन्त्री मोहम्मद अल बसिरले यस क्षेत्रमा स्थायित्व र शान्ति कायम गर्न अपिल गरेका छन् ।
कतारका प्रधानमन्त्रीका सल्लाहकार तथा परराष्ट्र मन्त्रालयका आधिकारिक प्रवक्ता डा. माजिद अल अन्सारीले आवश्यक व्यवस्था पूरा भएपछि कतारले सिरियामा रहेको आफ्नो दूतावास छिट्टै खोल्ने बताएका छन् ।
कतारको सरकारी समाचार एजेन्सीलाई दिएको विज्ञप्तिमा डा. माजिद अल-अन्सारीले दुई देश र भाइचारा जनताबीचको ऐतिहासिक र घनिष्ट सम्बन्धलाई मजबुत बनाउन यो कदम चालिएको बताए।
कतारले २०११ मा सिरियाको राजधानीमा आफ्नो दूतावास बन्द गरेको थियो र आफ्नो राजदूतलाई पनि फिर्ता बोलाएको थियो।
प्रतिक्रिया
Facebook Comment