मिर्गौलाको पत्थरी हटाउँछ किवी फलले, यस्ता छन् अन्य फाइदाहरु
काठमाडौं। किवी एक फल हो । किवी फल यो समयमा बजारमा प्रशस्त मात्रामा पाउन सकिन्छ। यस फलमा धेरै क्यालोरी तथा पोषणयुक्त तत्व हुन्छ। किबीमा ‘भिटामिन सी’ को मात्रा धेरै हुने भएकाले स्वास्थ्य खाद्यको रूपमा चिनिन्छ । तर यो फलमा अन्य पोषक तत्त्वहरू पनि प्रशस्त पाइन्छ । यसले रक्तचाप कम गर्न, घाउ निको पार्न, आन्द्राको स्वास्थ्य बलियो बनाउँछ । थप स्वास्थ्य समस्या समाधान गर्न पनि मद्दत गर्छ । यो फल सलादको रूपमा खान सकिन्छ। यसलाई लस्सी बनाएर पनि सेवन गर्न सकिन्छ।
किवी फलबाट हुने फाइदा:
छाला स्वस्थ: यस फलमा रहेको कोलाजिन तत्व जसमा भिटामिन सी हुन्छ। यो तत्वले घामले जलेर नष्ट भएको, प्रदूषणले बिग्रेको र चुरोटको सेवनले चाउरिएको छालालाई ताजगी प्रदान गरी सुन्दर बनाउँछ।
राम्रो निन्द्रा: एसिया प्यासिफिक जर्नल अफ क्लिनिकल न्युट्रेसनमा प्रकाशित एक अध्ययन प्रतिवेदनका अनुसार वृद्ध अवस्थामा निदाउने समस्या भएमा यसको सेवनले राम्रो निन्द्रा लाग्छ।
मुटुको स्वास्थ्यमा लाभ:यसमा हुने फाइबर पोटासियमले शरीरमा सोडियमको मात्रा घटाइदिन्छ। यसले गर्दा मुटुको रोग लाग्न पाउँदैन। एक अध्ययनअनुसार जसले दैनिक चार हजार ६९ मिलिग्राम पोटासियम सेवन गर्छन्, उनीहरू आकस्मिक मुटुरोगको मृत्युबाट जोगिन्छन्।
मिर्गौलाको पत्थरी हटाउँछ: भोजनमा बढी मात्रामा पोटासियम समावेश गर्नेहरूलाई मुटुरोगको जोखिम कम हुन्छ। यसका साथै यस फलले शरीरमा हुने विभिन्न ट्युमर उत्पत्ति हुनबाट रोकथाम गर्छ। यसका साथै हड्डीमा हुने खनिज घनत्वको समस्याबाट पनि बचाउँछ र मिर्गौलामा आउने पत्थरीलाई फुटाउँछ।
उच्च रक्तचाप घटाउँछ: यो फलमा हुने उच्च पोटासियमको मात्राले उच्च रक्तचापलाई घटाउँछ। तर यसमा रहेको सोडियमको मात्रा उच्च रक्तचापका लागि जोखिम मानिन्छ।
कब्जियत हटाउँछ: एक अध्ययनअनुसार किबी फलमा हुने लाक्जाथिटको मात्राले कब्जियत हुन दिँदैन। नियमित यो फलको सेवन गर्नेहरूमा नरम तथा नियमित दिसा हुने गरेको पाइएको छ।
Facebook Comment