देशमा मार्सल ल लगाउन असफल प्रयास गर्ने दक्षिण कोरियाका राष्ट्रपतिले भने- ‘अन्तिमसम्म लड्छु’

डिसी नेपाल
२७ मंसिर २०८१ १६:२१

काठमाडौं । दक्षिण कोरियाका राष्ट्रपति युन सुक-योलले बिहीबार आफू ‘अन्तिमसम्म लडिरहने’ बताएका छन् ।

युनले बिहीबार एक टेलिभिजन सम्बोधन गरे जसमा उनले गत हप्ता मार्शल ल घोषणा गर्ने आफ्नो आश्चर्यजनक निर्णयको बचाउ गरे।

उनले आफ्नो प्रयास लोकतन्त्रको पतनलाई रोक्ने र प्रतिपक्षको “संसदीय तानाशाही” को विरोध गर्ने कानूनी निर्णय भएको बताए।

दक्षिण कोरियामा राष्ट्रपति युनको राजीनामा वा महाभियोगको माग लगातार बढ्दै गएको छ । तर, युनले आफूले पद त्याग नगर्ने संकेत गरेका छन् ।

उनले भने, “ममाथि छानबिन होस् वा महाभियोग लगाइयोस्, म अडिग रहनेछु, म अन्तिमसम्म लड्नेछु।”

गत हप्ता मंगलबार र बुधबारको बीचमा, युन सुक-योलले देशमा मार्शल ल लागू गरे।

तर, चर्को विरोधपछि उनले ६ घण्टामै आफ्नो निर्णय फिर्ता लिएका थिए । युनको यो कदमपछि दक्षिण कोरियामा उनको ठूलो विरोध भइरहेको छ र उनीविरुद्ध अनुसन्धान भइरहेको छ ।

प्रहरीले बुधबार राष्ट्रपतिको कार्यालय र प्रहरी प्रधान कार्यालयमा छापा मारेको थियो । सियोल महानगरीय प्रहरी र राष्ट्रिय सभा प्रहरी गार्डको कार्यालयमा पनि छापा मारिएको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *