अमेरिकी डलर देखाई साढे छ लाख ठगी गर्ने दुई पक्राउ

डिसी नेपाल
२७ मंसिर २०८१ २०:१२

काठमाडौं। प्रहरीले अमेरिकी डलर देखाई प्रलोभनमा पारी रकम ठगी गरेको अभियोगमा दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-६ गाती घर भई भक्तपुर सूर्यविनायक नगरपालिका-८ गणेश बस्ती डेरा गरी बस्ने ३७ वर्षीय विक्रम श्रेष्ठ र भक्तपुर सूर्यविनायक नगरपलिका-९ खत्रीटोल डेरा गरी बस्ने ५५ वर्षीय दिलबहादुर श्रेष्ठ रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए।

उनले भने, ‘भक्तपुर चाँगुनारायण नगरपालिका-४ एकान्त ठाउँमा यही मङ्सिर १३ गते ओखलढुङ्गा लिखु गाउँपालिका–९ पोकली घर भएकी ४१ वर्षीया महिलालाई फोन तथा ह्वाट्सएपमार्फत अमेरीकी डलर सटही दर रेटभन्दा सस्तोमा उपलब्ध गराउने भनी प्रलोभन देखाइ रु छ लाख ५० हजार ठगी गरेको भन्ने सूचनाको आधारमा पक्राउ गरिएको हो।’

उनीहरुको साथबाट प्रहरीले स्कुटर एक थान र मोबाइल चार थान समेत बरामद गरी अनुसन्धान गरी कारबाहीका लागि जिल्ला प्रहरी परिसर भक्तपुरमा बुझाइएको सूचना अधिकारी एवं प्रहरी उपरीक्षक आचार्यले बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *