एनपिएलः लुम्बिनीले टस जित्यो

काठमाडौं। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको खेल मैदानमा जारी नेपाल प्रिमियर लिग (एनपिएल)मा आज दुई खेल हुँदैछन्।
पहिलो खेल लुम्बिनी लायन्स र कर्णाली एक्सबीच हुनेछ। उक्त खेलमा लुम्बिनीले टस जितेर बलिङ गर्ने निर्णय लिएको छ।
एनपिएलमा लुम्बिनीले आज आफ्नो अन्तिम खेल खेल्दैछ। ६ खेल खेलेको लुम्बिनी एक खेलमा विजयी भएको छ भने पाँच खेलमा पराजित भएको छ। कर्णाली भने हालसम्म पाँच खेल खेलेको छ। जसमा दुई खेलमा पराजित तथा तीन खेलमा विजयी भएको छ।
प्रतिक्रिया
Facebook Comment