एफबीआइ निर्देशकले राजीनामा दिने निर्णयबारे डोनाल्ड ट्रम्पले के भने ?
काठमाडौं । अमेरिकी अनुसन्धान एजेन्सी एफबीआई (फेडरल ब्यूरो अफ इन्भेस्टिगेशन)का निर्देशक क्रिस्टोफर रेको राजीनामाको निर्णयलाई लिएर डोनाल्ड ट्रम्पले यो अमेरिकाका लागि ठूलो दिन भएको बताएका छन् ।
ट्रम्पले ट्वीटरमा लेखेका छन् , “क्रिस्टोफर रेको राजीनामा अमेरिकाका लागि ठूलो दिन हो। यसले अमेरिकी न्याय विभागलाई हतियारको रूपमा प्रयोग हुनबाट रोक्नेछ। अब हामी फेरि सबै अमेरिकीहरूका लागि कानूनको शासन लागू गर्नेछौं।”
ट्रम्पले भने, “क्रिस्टोफर रेको नेतृत्वमा एफबीआईले अवैध रूपमा मेरो घरमा छापा मार्यो। उनले धेरै निर्दोष अमेरिकीहरूलाई धम्की दिन र हटाउन आफ्नो शक्ति प्रयोग गरे।”
काश पटेलको नियुक्तिमा ट्रम्पले भने, “काश पटेल एफबीआईको इतिहासमा एजेन्सीको नेतृत्व गर्नका लागि सबैभन्दा योग्य व्यक्ति हुन्। उनी कानून र व्यवस्था सुनिश्चित गर्न प्रतिबद्ध छन्।”
ट्रम्पको यो बयान एफबीआईका वर्तमान निर्देशक क्रिस्टोफर रेको राजीनामाको निर्णयपछि आएको हो ।
रेले बुधबार एफबीआईको आन्तरिक बैठकमा यस्तो घोषणा गरेका हुन् । केही साताको विचारविमर्शपछि आफूले पदबाट राजीनामा दिने निर्णय गरेको रेले बताए ।
यसअघि ट्रम्पले क्रिस्टोफर रेलाई राष्ट्रपति पदबाट हटाउने संकेत गरेका थिए ।
क्रिस्टोफर रेलाई ट्रम्पले आफ्नो पछिल्को कार्यकालमा २०१७ मा नियुक्त गरेका थिए। उनी १० वर्षका लागि नियुक्त भएका थिए ।
तर ट्रम्प राष्ट्रपति चुनाव हारेपछि एफबीआईले ट्रम्पविरुद्ध अनुसन्धान सुरु गरेको थियो । यसका लागि रेले रिपब्लिकनहरूको आलोचनाको सामना गर्नुपरेको थियो ।
Facebook Comment