सबैभन्दा कान्छा चेस विश्व च्याम्पियन बने गुकेश

डिसी नेपाल
२८ मंसिर २०८१ १३:२१

काठमाडौं । भारतीय चेस खेलाडी गुकेश डोम्माराजु विश्वकै कान्छो विश्व चेस च्याम्पियन बनेका छन् । विश्व च्याम्पियनसिपका लागि सिंगापुरमा भएको खेलमा गुकेशले चीनका ग्रान्ड मास्टर डिङ लिजेनलाई पराजित गरेका हुन् ।

समाचार एजेन्सी पीटीआईका अनुसार भारतका १८ वर्षीय ग्रान्डमास्टर गुकेशले १४औं तथा अन्तिम खेलमा चीनका ग्रान्ड मास्टरलाई हराए ।

विश्व च्याम्पियन बनेपछि गुकेशले भने, “डिङ (लिजेन) को हो भन्ने हामी सबैलाई थाहा छ। उनी धेरै वर्षदेखि चेस जगतका उत्कृष्ट खेलाडीमध्ये एक हुन् । मेरो लागि उनी नै वास्तविक विश्व च्याम्पियन हुन्। च्याम्पियनसिपमा आउनुअघि उनी शारीरिक रूपमा फिट नभएको हुन सक्छ, तर उनले हरेक खेलमा सच्चा च्याम्पियनको रूपमा लडे र मलाई डिङ र उनको टोलीप्रति दुःख लाग्छ।”

तर, गुकेशका चिनियाँ प्रतिद्वन्द्वी डिङ लिजेनले हार बेहोरे पनि कीर्तिमान बनाएका छन् ।

अन्तर्राष्ट्रिय चेस फेडेरेसनका अनुसार डिङ लिजेनले १८ मिनेट ३० सेकेन्डमा एक स्टेप चालेका थिए । यो अहिलेसम्म कुनै खेलाडीले लिएको सबैभन्दा लामो समय पनि हो।

हारपछि चिनियाँ ग्रान्ड मास्टर डिङ लिजेनले भने , ‘खेलका क्रममा मैले ठूलो गल्ती गरेको महसुस गरें । यसपछि म पूरै स्तब्ध भएँ।”




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *