विराटनगरले चितवनलाई दियो १८२ रनको लक्ष्य

डिसी नेपाल
२८ मंसिर २०८१ १४:५४

काठमाडौं । नेपाल प्रिमियर लिगमा विराटनगर किंग्सले चितवन राइनोजलाई १८२ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदान किर्तिपुरमा टस जितेर ब्याटिङ रोजेको विराटनगरले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १८१ रन बनाएको हो ।

एक समय १३.५ ओभरमा ५ विकेट गुमाइसकेर ९८ रनको स्कोरमा रहेको विराटनगरका लागि त्यसपछि बसिर अहमद र राजेश पुलामीले शानदार ब्याटिङ गर्दै उच्च स्कोरसम्म लगेका हुन् । १४ ओभरमा ५ विकेटको क्षतिमा ९९ रन मात्र बनाउन सकेको विराटनगरले पछिल्लो ६ ओभरमा कुनै विकेट नगुमाइ थप ८२ रन जोडेको हो ।

विराटनगरका लागि बसिर अहमदले सर्वाधिक ६८ रन बनाए । ४४ बल खेलेका उनले ४ चौका र ४ छक्का प्रहार गरे । मार्टिन गप्टिलले ४५ रन बनाए । राजेश पुलामीले ३३ रन बनाए । चितवनका लागि रिजन ढकालले २ विकेट लिए । सोहेल तनवीर, बसिल हमिद र कुशल मल्लले १–१ विकेट लिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *