व्यवस्था परिवर्तन भएसँगै विकासकाे काममा बृद्धि भयो : उपप्रधानमन्त्री सिंह
काठमाडाैं। उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले व्यवस्था परिवर्तन भएसँगै विकासकाे काम पनि भएकाे बताएका छन्।
शुक्रबार चितवनमा नेशनल सिटी अस्पतालकाे भवन समुद्घाटन समाराेहलाई सम्बाेधन गर्दै उपप्रधानमन्त्री सिंहले व्यवस्था परिवर्तन भयाे, अवस्था उस्तै छ भनेर गलत भाष्य बनाउन खाेजिएकाे बताए।
`केही पनि भएकाे छैन भनेर यहाँ जुन भाष्य बनाउन खाेजिएकाे छ। ०४६ पछाडि जन्मिएकाे पुस्तालाई त्याे भन्दा अगाडि कस्ताे थियाे? थाहा नहुन सक्छ। आफ्नै बुबाहरूसँग,अघिल्लाे पुस्तासँग साेध्न सकिन्छ ,´ उपप्रधानमन्त्री सिंहले भने, `व्यवस्था मात्रै परिवर्तन भएकाे छैन, विकासकाे काम पनि भएकाे छ। सामाजिक आर्थिक क्षेत्रमा पनि धेरै परिवर्तन भएकाे छ।´
परिवर्तनकाे आभास हरेक नागरिकमा पुर्याउन केही समय लाग्ने भन्दै सरकारले त्यसका लागि काम गरिरहेकाे बताए।
त्यस्तै उपप्रधानमन्त्री सिंहले प्राप्त अधिकारलाई सुरक्षित गर्दै अब देशलाई विकासकाे बाटाेमा लैजान सबै लाग्नुपर्नेमा जाेड दिए। उपप्रधानमन्त्री सिंहले मेडिकल सिटी अस्पतालकाे नवनिर्मीत भवनकाे उद्घाटन गर्दै अस्पतालले स्वास्थ्य सेवाकाे क्षेत्रमा महत्वपूर्ण याेगदान पुर्याउने विश्वास व्यक्त गरे।
Facebook Comment