बुटवलमा जीप दुर्घटना, दम्पत्तिसहित तीन जनाको मृत्यु

डिसी नेपाल
२९ मंसिर २०८१ १०:२७

काठमाडौं । बुटवलको तिनाउ पुलमा बलेरो जीप दुर्घटना हुँदा दम्पत्तिसहित तीन जनाको ज्यान गएको छ।

ज्यान गुमाउनेमा बुटवल–१२ नयाँ गाउँ बस्ने ७१ वर्षीय तिलकराम खनाल, उनकी श्रीमती ६७ वर्षीया गौरी खनाल र जिप चालक ३२ वर्षीय हरि न्यौपाने रहेका छन्।

गौरी खनाललाई दमको उपचारका लागि नयाँ गाउँबाट लुम्बिनी प्रादेशिक अस्पताल ल्याउने क्रममा जीप अनियन्त्रित भई पुलको डिभाइडरमा ठोक्किएर पल्टिएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ।

पुल क्रस गरिसकेपछिको मोडमा जीप दुर्घटनामा परेको र मृतकको शव पोष्टमार्टमा लागि लुम्बिनी प्रादेशिक अस्पतालमा राखिएको प्रहरीको भनाइ छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *