काठमाडौंको न्यूनतम तापक्रम २ डिग्रीमा झर्यो

काठमाडौं । काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम २ डिग्री सेल्सियसमा झरेको छ।
आज बिहान पौने ६ बजे २.५ डिग्री सेल्सियस मापन भएको तापक्रम आज बिहान ९ बजे २ डिग्री सेल्सियसमा झरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
शुक्रबार रातिदेखि नै बादल नलागेर आकास खुल्ला भएकोले न्यूनतम तापक्रम घटेको महाशाखाको भनाइ छ।
प्रतिक्रिया
Facebook Comment