नेकपा एसको स्थायी कमिटि बैठकमा केन्द्रीय सदस्यहरुको कार्य विभाजनका बारेमा छलफल
काठमाडौं। नेकपा एकीकृत समाजवादीको स्थायी कमिटिको बैठकमा केन्द्रीय सदस्यहरुको कार्य विभाजन र आगामी कार्ययोजनाका बारेमा शनिबार पनि छलफल भएको छ।
पार्टी कार्यालय आलोकनगरमा बसेको बैठकमा आगामी कार्ययोजनाका साथै कार्यविभाजनका विषयमा छलफल भएको हो। स्थायी कमिटीका सदस्यहरुले पार्टीको आगामी कार्ययोजना निर्माण गर्ने विषयमा आफ्ना धारणाहरु प्रस्तुत गरेको नेकपा समाजवादीले जनाएको छ।
शनिबार बैठकमा जगन्नाथ खतिवडा, जयन्ति राइ, गंगालाल तुलाधर, चन्द्र बहादुर शाही, कल्याणी खडका लगाएतले धारणा राखेका छन्। उनीहरुले पार्टीका नीतिको प्रचार गर्ने, पार्टीको सुदृढीकरण गर्ने, आगामी निर्वाचनहरुमा सानदार विजय प्राप्त गर्ने र राजनीतिक तथा भुराजनीतिक चुनौतिहरुको सामना गर्ने लगायतका विषयमा धारणा राखेका हुन्।
अब अध्यक्ष, वरिष्ठ नेताहरु र महासचिवले धारणा राख्न बाँकी रहेको नेताहरुले जनाएका छन्। स्थायी कमिटिको बैठक आइतबार सम्पन्न गर्ने नेकपा एकीकृत समाजवादीको तयारी छ।
Facebook Comment