श्रीमद्भागवत महायज्ञका लागि साहित्य समाजद्वारा बृहत्त छलफल

डिसी नेपाल
२९ मंसिर २०८१ १७:४३

धनगढी । सुदूरपश्चिमाञ्चल साहित्य समाजको आयोजनामा श्रीमद्भागवत महायज्ञ लगाइने भएको छ। आगामी फागुन २१ देखि २७ गतेसम्म महायज्ञ लगाइने भएको हो।

महायज्ञका लागि साहित्य समाजले आज धनगढीमा वृहत्त छलफल गरेको छ। भागवत मञ्जरी राधिका दाशीद्वारा वाचन हुने गरी श्रीमद्भागवत महायज्ञको तयारी थालिएको समाजका अध्यक्ष तीर्थराज पाण्डेय जानकारी दिए।

‘श्रीमद्भागवतको तयारीका लागि सुदूरपश्चिम प्रदेशका दिग्गज, सामाजिक, शैक्षिक, राजनीतिक र प्रतिष्ठित व्यक्तित्वसँग छलफल गरेका हौं। समाजका सबै तप्काका व्यक्तिको सुझावका आधारमा महायज्ञ सञ्चालन हुनेछ,’ उनले भने।

सुदूरपश्चिमको कला, संस्कृति, साहित्य र गीत संगीतको संरक्षणका साथै कलाकार, साहित्यकार, संगीतकर्मीको संरक्षणका लागि महायज्ञले सहयोग गर्ने महासचिव गणेश नेपालीले बताए।

महायज्ञ सम्पन्न गर्न सबैको महत्त्वपूर्ण भूमिका रहने र सहयोगको अपेक्षा गरिएको उनको भनाइ छ। महायज्ञबाट उठेको रकमबाट सुदूरपश्चिमको साहित्य विकासमा योगदान पुर्‍याइने उनले बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *