एनपिएलः काठमाडौंले टस जित्यो

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपिएल) मा आज दुई खेल हुँदैछन्। पहिलो खेल बिहान नौ बजे काठमाडौं गुर्खाज र विराटनगर किङ्ग्सबीच हुनेछ।
त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा हुने उक्त खेलमा काठमाडाैंले टस जितेर बलिङ गर्ने निर्णय गरेको छ।
दुवै टोलीको यो समूह चरणको अन्तिम खेल हो। यसअघिका छ खेलमध्ये काठमाडौं तीन खेलमा विजयी भएको छ। विराटनगर किङ्ग्सले छमध्ये दुई खेलमात्र जितेको छ।
प्रतिक्रिया
Facebook Comment