सरकारमा सहभागी कांग्रेस विधि विपरित काम गर्दैन : उपप्रधानमन्त्री सिंह
काठमाडौं । उपप्रधानमन्त्री एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहले नेपाली कांग्रेसले सरकारमा हुँदैमा विधि विपरित काम नगर्ने बताएका छन्।
कांग्रेसको सय दिने अभियानअन्तर्गत आइतबार काठमाडौं वडा नम्बर ३१ मा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।
‘कांग्रेस सरकारमा हुँदैमा विधि विपरीत काम गर्दैन। विधिअनुसार सरकार सञ्चालन हुन्छ,’ उनले भने, ‘कांग्रेस विधिको लागि लडेको पार्टी हो। विधि विपरितको काम गर्दैन।’ उनले अहिले भनेको आधारमा काम नहुने भन्दै विधि र प्रक्रियाअनुसार काम हुने कुरा बुझ्न कार्यकर्रूलाई आग्रह गरे।
कांग्रेस पूर्वमहामन्त्रीसमेत रहेका सिंहले संगठनलाई बलियो बनाउन ग्रासरूटमा ध्यान दिनुपर्ने बताए। उनले पार्टीका संरचनाले आ-आफ्नो तहमा जिम्मेवार भएर काम गर्नुपर्नेमा जोड दिए।
उनले जनप्रतिनिधि संगठनकै आधारमा बनेको बताउँदै वडा सदस्यदेखि मन्त्रीसम्मले पार्टीसँग सम्बन्ध राम्रो बनाएर काम गर्नुपर्ने बताए। गुटगत प्रभाव देखिएको बताउँदै उनले पार्टीको विधि अनुसार काम गर्न सबैलाई आग्रह गरे।
Facebook Comment