नेपालका हरेक परिवर्तनमा सञ्चारकर्मीको भूमिका महत्वपूर्णः नेता निधि
जनकपुर । नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले नेपालको हरेक परिवर्तनमा सञ्चारकर्मीको अहम् भूमिका रहेको बताएका छन्।
नेपाल पत्रकार महासंघ धनुषा शाखामा नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई आज आफ्नो निवास जनकपुरधाममा सम्मान गर्दै उनले लोकतन्त्र र सञ्चार एक अर्काको पूरक भएकाले लोकतन्त्रविना स्वतन्त्र सञ्चारको कल्पना गर्न नसकिने बताए।
नेता निधिले राज्यलाई अझ बढी जिम्मेवार र सकारात्मक रूपमा मुलुक बनाउने कार्यमा लाग्न खबरदारी जरुरी रहेको बताए। ‘संघीघीय लोकतान्त्रिक व्यवस्थालाई अझ बढी मजबुत बनाउनका लागि सञ्चारकर्मीहरूको पनि ठूलो जिम्मेवारी छ। यसको अभ्यासमा भएका कमजोरीको विषयमा कलम चलाइ सच्याउनका लागि यहाँहरूले भूमिका खेल्नुपर्छ’, उनले भने।
प्रतिक्रिया
Facebook Comment