असद पतनसँगै हजारौं सिरियाली स्वदेश फर्किए

डिसी नेपाल
१ पुष २०८१ ८:१८

दमास्कस। बसर अल असदको शाषन पतन भएसँगै बिभिन्न देशमा रहेका सिरियालीहरू स्वदेश फर्किन लागेका छन् ।

बिभिन्न देशमा शरणार्थी जीवन जिइरहेकाहरू क्रमशः स्वदेश फर्किन लागेको त्यहाँको नवनिर्वाचित सरकारले जनाएको छ । जस अनुसार हजारौं हजारौं सिरियालीहरू छिमेकी मुलुक टर्कीको सीमा हुँदै स्वदेश फर्किएको आन्तरिक मन्त्री अलि येर्लिकायाले जानकारी दिएका छन् ।

उनका अनुसार अल असदको पतनको पाँच दिनमा ७ हजार ६ सय बढी सिरियाली शरणार्थीहरूले टर्कीको सीमा पार गरेर स्वदेश फर्किएका छन् ।

सामाजिक सञ्जाल एक्समा एक विज्ञप्तिमा राख्दै आन्तरिक मन्त्री अली येर्लिकायाले डिसेम्बर ९– १३ को बीचमा प्रत्येक दिन टर्किबाट स्वेच्छिक रूपमा फर्केका सिरियालीहरूको कुल संख्या ७ हजार ६२१ पुगेको उल्लेख गरेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *