पाकिस्तानलाई जित्न नेपाललाई १०५ रनको लक्ष्य

डिसी नेपाल
१ पुष २०८१ १३:३९

काठमाडौं । मलेसियामा जारी अण्डर १९ महिला एसिया कप क्रिकेट प्रतियोगितामा पाकिस्तानले नेपाललाई १०५ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १०४ रन बनाएको हो ।

पाकिस्तानका लागि कोमल खानले सर्वाधिक ३५ रन बनाइन् । महम अनीसले २९, राविल फरहानले १३ र कप्तान जुफिशाँ अयाजले १२ रन बनाइन् । नेपालका लागि कप्तान पूजा महतोले २ विकेट लिइन् । रचना कुमारी चौधरी, रिया शर्मा र सिमाना केसीले १–१ विकेट लिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *