ऐतिहासिक तथा धार्मिक प्रसिद्ध शक्तिपीठ ‘गढीमाई’ (फोटोफिचर)

दिपा पौड्याल
४ पुष २०८१ १३:५१

बारा। बारामा रहेको ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रको रूपमा प्रसिद्ध शक्तिपीठ हो गढीमाई मन्दिर ।

गढीमाईको मेला हरेक पाँच–पाँच वर्षमा मार्ग शुक्ल सप्तमीदेखि सुरु हुन्छ। नेपालका विभिन्न क्षेत्रबाट लाखौँ दर्शनार्थीहरू ओइरो लाग्ने यस पीठमा पछिल्लो समयको अध्ययनले भारत, चीन बाहेक १८ मुलुकका पर्यटक वृत्तचित्र, समाचार संकलन तथा घुम्ने उद्देश्यले यहाँ आउने गर्दछन्।

स्वच्छ मनले इच्छाएको भाकल पूरा भएपछि आ–आफ्नो आस्था अनुसार गढीमाईमा परेवा, कुखुरा, हाँस, बोका, भेडा, राँगा, मुसा लगायतको बलि दिने चलन रहिआएको पाइन्छ। तिथि अनुसार मार्ग शुक्ल सप्तमीका दिन मन्दिरका मुल पुजारीले तान्त्रिक विधिद्धारा सेतो मुसा, परेवा, हास, सुङ्गुर र राँगा गरी पन्चवली दिएपछि मन्दिरमा सर्वसाधारणको लागि वली खुल्ला हुने गर्दछ। यसका साथै यहाँ ‘मान्छेको शरिरको ४ अंगबाट रगत पनि चढाईन्छ । जसलाई नर वली भनिन्छ ।

बरियारपुरको खुल्ला चउरमा राखिएको त्रिशूलबाट मानिसका शूल रूपी तीन ताप आध्यात्मिक, आदिर्देविक र आदिभौक्तिक नाश हुन्छन् भन्ने जनविश्वास छ। त्रिशूल स्थापना भएको दक्षिणतिर हाल देवीको मूर्तिसहित मन्दिर पनि देख्न सकिन्छ। मन्दिरबाट पूर्व–दक्षिणतिर पीपलबोटसँगै ब्रहृमाको स्थान रहेको छ । पूर्वतिर रहेका ब्रहृमास्थलबाट मार्ग शुक्ल सप्तमीका दिन सरसफाइ लिपपोत गरी गढीमाईलाई स्वागत गर्दै पाँचदिनसम्म पूजा गरिसकेपछि अरूका लागि दर्शन खुला गरिन्छ।

गढीमाईका पूजारी थारूजातिका छन्। किम्बदन्ति अनुसार, हत्या अभियोगमा जेल परेका भगवान दास थारु जेल घरमा राति निदाएको बेलामा सपनामा मकवापुरगढीकी तुलजा भवानी अर्थात गढीमाईले दर्शन दिन्छिन् । गढीमाईले भगवान दास थारुलाई जेल मुक्त गराइदिने, सारा दुः ख नास गरिदिन तर तिमीले मलाई तिम्रो गाउँमा लैजाउ भन्छिन्।

भगवान दास थारुले भवानीको कुरा मान्छ। गढीमाईले उनलाई दर्शन दिई जेलमुक्त गराई एउटा त्रिशुल दिन्छिन्। त्यही त्रिशुल थारुले बाराको वरियारपुरमा ल्याएर गाढेका किम्वदन्ती छ । जेलबाट छुटकारा पाएपछि फर्किदा ल्याएको त्रिसुल गाढेको स्थानमा अहिले गढिमाई मन्दिर छ । तिनै थारुपुस्ताले मन्दिरको रेखदेख र पुजा गर्ने गर्दछन्। गढीमाईमा अर्को रोचक रहस्य पनि छ । गढीमाईमा दिइएको बलि र बलि दिंदा निस्किएको रगतमा झिंगा बस्दैनन् भन्ने अर्को रोचक भनाइ पनि छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *