एसिसी यू-१९ महिला एसिया कप, नेपालले आज भारतसँग प्रतिस्पर्धा गर्ने

डिसी नेपाल
२ पुष २०८१ ६:५२

काठमाडौं। नेपालले आज भारतसँग प्रतिस्पर्धा गर्दैछ। एसिसी यू-१९ महिला एसिया कपमा नेपालले आज भारतसँग प्रतिस्पर्धा गर्न लागेको हो। टेस्ट मान्यता प्रापत पाकिस्तानलाइ हराएर नेपालले सुपर ४ मा स्थान बनाएको भोलीपल्ट भारतसँग प्रतिस्पर्धामा उत्रन लागेको हो।

समूह चरणको आफ्नो पहिलो खेलमा पाकिस्तान यू-१९ लाई ६ विकेटले पराजित गर्दै नेपालले सुपर ४ मा स्थान बनाएको थियो। अब आज नेपालले समूह बी कै खेलमा भारतसँग प्रतिस्पर्धा गर्नेछ।

त्यसपछि नेपालले सुपर ४ मा समूह ए को शीर्ष २ टोलीसँग खेल्नेछ। सुपर ४ को खेल बिहीबार र शुक्रबार हुनेछ । सुपर ४ को शीर्ष २ टोलीले आइतबार फाइनल खेल्नेछन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *