गाजा युद्दमा इजरायल र आयरल्याण्ड आमुनेसामुने

डिसी नेपाल
२ पुष २०८१ ८:११

डब्लिन । आयरल्यान्डले गाजामा लागु गरिएको सरकारी नीति इजरायलप्रति ‘शत्रुतापूर्ण’ नभएको बताएको छ ।

आयरल्याण्डका विदेश मन्त्री माइकल मार्टिनले युद्धग्रस्त गाजापट्टीमा जवाफदेहिता र युद्धविरामको आह्वान गर्नुलाई इजरायलप्रति शत्रुतापूर्ण कार्य को रूपमा हेर्न नसकिने स्पष्ट पारेका छन् ।

आयरल्याण्डमा रहेको दुतावास बन्द गर्ने इजारायलको घोषणा पछि आयरल्याण्डको यो प्रतिक्रिया आएको हो । ‘आयरिश सरकारले मध्य पूर्वका मुद्दाहरू र विशेष गरी गाजाको युद्धको सन्दर्भमा गरेको कुनै पनि कार्य अन्तर्राष्ट्रिय मानवीय कानूनको सम्मान, मानव अधिकारको सम्मान बाहेक अरू कुनै कुराले प्रेरित भएको छैन,’ मार्टिनले भने। ब्रसेल्समा ईयू विदेश मन्त्रीहरूको बैठकमा जानु अघि उनले यो प्रतिक्रिया दिएका हुन् ।

आइतवार मात्रै इजरायलले आयरल्याण्ड गणतन्त्रको इजरायल विरोधी नीतिका कारण डब्लिनमा रहेको आफ्नो दूतावास बन्द गर्ने निर्णयको घोषणा गरेको थियो । डब्लिनमा रहेको राजदुतलाइ फिर्ता बोलाए पछि इजरायलले दुतावास बन्द गर्ने घोषणा गरेको हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *