नेपाली रक्तदाता संघ यूएईको दुबईमा रक्तदान कार्यक्रम
यूएई। अन्तर्राष्ट्रिय नेपाली रक्तदाता संघको भगिनी संस्था नेपाली रक्तदाता संघ यूएईले डिसेम्बर १५ मा बृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । दुबई हेल्थ अथरिटी (DHA) सँगको सहकार्यमा उक्त कार्यक्रम सम्पन्न गरेको हो।
युएईको दुबई शहरस्थित Dubai Health Authority Head Quarter, Al Jaddaf मा भब्यताका साथ सम्पन्न भएको अन्तर्राष्ट्रिय नेपाली रक्तदाता संघका कोषाध्यक्ष तथा नेपाली रक्तदाता संघ युएईका संरक्षक सुनिलराज श्रेष्ठले बताए।
विभिन्न पेसामा कार्यरत नेपाली समुदाएका ब्यक्तिहरु, नेपाली रक्तदाता संघ यूएईका सदस्यहरु,खेलकूद प्रेमी,ब्यबसायी,विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिस्तरका सामाजिक संस्था एवं वैचारिक संघ सस्थाका प्रमुख तथा प्रतिनिधिहरु करीब १५० भन्दा बढ़ीले रक्तदान गरेको अध्यक्ष बासुदेव ढुंगानाले बताए।
सर्वोत्कृष्ट मानवीय सेवाबाट अभिप्रेरित भइ “रक्तदान जीवन दान”भन्ने मुलमन्त्रलाई आत्मसात गर्दै स्वस्थ रगत संकलन कार्यमा सहयोग पुर्याउने उद्देश्यका साथ यो दोश्रो पटक भब्य र सभ्य तरिकाले रक्तदान कार्यक्रम आयोजना गरेको संयोजक जगन अधिकारीले बताए। स्मरण रहोस् रक्तदाता संघले पहिलो पटक १७ जून २०२४ मा पनि सम्पन्न गरी सकेको छ।
Facebook Comment