रवि पत्नी निकिताको गुनासो-श्रीमान हिरासतमा रहेको बेला म माथि मिडिया ट्रायल भयो’

डिसी नेपाल
२ पुष २०८१ १२:२७

काठमाडौं। पूर्व उपप्रधान तथा गृह मन्त्री रबि लामिछानेकी पत्नीले आफ्नो परिवारमाथि मिडिया ट्रायल भएको बताएकी छिन्। पति लामिछाने माथि प्रहरी अनुसन्धान सकिएर अदालतमा लगिरहेको बेला उनले आफ्नो परिवारमाथि मिडिया ट्रायल भएको बताएकी हुन्।

उनीहरूको खातामा कम्तीमा २१ करोड रूपैयाँ कारोबार भएको सार्बजनिक भएपछि पत्नी पौडेलले मिडिया ट्रायल भएको भन्दै आरोप अस्वीकार गरेकी छिन्। सामाजिक सञ्जालमा उनले लेखेकी छिन्, ‘आज बिहानै बुवाले फोनमा हाँस्दै सोध्नु भयो, ‘तिमीसँग त त्यत्रो पैसा रहेछ, कुनै मिडियाले १५ करोड, कुनैले २५ त, कसैले ५० करोड। तिमीसँग छ चाहिँ कति ? अलिकति मलाई पनि देऊ न।’

उनले बुवालाइ जवाफ दिएको कुरा पनि उल्लेख गरेकी छिन्, ‘मैले पनि हाँस्दै भने, ‘त्यत्रो पैसा भएरै त होला ४ करोडमा किनेको घरको किस्ता आजसम्म तिर्दै छु।’

उनका अनुसार सो सन्दर्भ ‘बुवा छोरीको कुराकानीको सन्दर्भ थियो, अनुसन्धानमा रहेको विषयमा भएको मिडिया ट्रायलको।’

उनी अगाडि लेख्छिन्, ‘कनै मिडियाले यति करोड, कुनैले उति करोड भनेर लेखेका छन्। मिडियाले धर्म नछोडेको भए बैंकिङ कारोवारको अंक सबैमा ठ्याक्कै एउटै हुनुपर्ने होइन र? आफ्नो सम्पूर्ण बैकिङ विवरण प्रहरीलाई बुझिसकेकी छु। यस्तो संवेदनशील विषयमा किन यति संवेदनहीन भएका होलान् भनेर सोच्छु, समाचार लेख्नेमाथि दया लागेर आउँछ।’

उनी अझ अगाडि भन्छिन्, ‘खाता मेरो हो। यति उति पैसा छ भनेर आ आफैं अनुमान लगाउनुभन्दा सोधेको भए बताइदिन्थे नि, श्रीमान् हिरासतमा भएको बेला ममाथि केही मिडियाले देखाएको ‘पुरुषार्थ’ अगाडि समाज मुकदर्शक बनेकोमा झनै आश्चर्यमा छु।’

उनको चुनौती छ, ‘मेरो श्रीमानले सहकारीबाट ऋण लिएको प्रमाण छ भन्नेलाई प्रमाण मात्रै देउ भनेको हो। अहिले पनि हामी त्यो प्रमाण कुरिरहेका छौं।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *