पोर्नस्टारलाई पैसा दिएको मामिलामा ट्रम्पको तर्क अदालतद्वारा अस्वीकार

डिसी नेपाल
२ पुष २०८१ १६:०४

काठमाडौं । न्युयोर्कको एक अदालतले डोनाल्ड ट्रम्पलाई ‘हश मनी’ मामिलामा दोषी पाइने निर्णय गरेको छ ।

नवनिर्वाचित राष्ट्रपति ट्रम्पको तर्फबाट अमेरिकी सर्वोच्च अदालतबाट प्राप्त ऐतिहासिक उन्मुक्ति (छूट) पछि यो मुद्दा खारेज हुनुपर्ने तर्क थियो।

यस वर्षको जुलाई महिनामा अमेरिकाको सबैभन्दा ठूलो अदालतले राष्ट्रपतिका रूपमा लिएका निर्णयहरूमा ट्रम्पलाई आपराधिक सजायबाट छुट दिएको बताएको थियो।

ट्रम्पमाथि काण्डबाट बच्न सन् २०१६ मा एक वयस्क फिल्म स्टारलाई मौन बस्नका लागि गोप्य रूपमा पैसा दिएको आरोप छ।

सोमबार अदालतले ट्रम्पले राष्ट्रपतिका रूपमा लिएको आधिकारिक निर्णयमा यो विषय नआउने बताएको छ ।

यो ऐतिहासिक निर्णय कायम रहेमा राष्ट्रपति भवनमा बसेर यस्तो सजाय पाउने ट्रम्प पहिलो अमेरिकी राष्ट्रपति हुनेछन् ।

अमेरिकी राष्ट्रपतिको निर्वाचनमा डोनाल्ड ट्रम्प विजयी भएका छन् र जनवरी २० मा दोस्रो पटक अमेरिकी राष्ट्रपतिको पदभार ग्रहण गर्नेछन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *