दलित सशक्तिकरण विधेयक छिट्टै पारित हुन्छः मुख्यमन्त्री कँडेल

डिसी नेपाल
२ पुष २०८१ २१:१२

कर्णाली। कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले कर्णाली प्रदेशसभामा पेस भएको दलित सशक्तिकरणसम्बन्धी विधेयक छिट्टै पारित हुने बताएका छन्।

दलित अधिकारका लागि एकीकृत आन्दोलनका अगुवा नेतासँग आज यहाँ भएको भेटमा उनले प्रदेश सरकारको नेतृत्व सम्हालेपछि प्रदेशसभामा पेस भएको उक्त विधेयक हाल विषयगत समितिमा छलफलको क्रममा रहेको जानकारी दिए।

मुख्यमन्त्री कँडेलले विधेयकमा प्रस्तावित विषयलाई छलफल गरेर निष्कर्षमा पु¥याउने काम विषयगत समितिले गरिरहेकाले समितिलाई सरकारको तर्फबाट आवश्यक सहजीकरण गर्ने विश्वास दिलाए। उनले सहभागीहरूलाई कुनै विषयमा सुझाव दिनुपर्ने भए समितिका सदस्यसँग समेत समन्वय गर्न सुझाए।

यसअघि सो विधेयक प्रदेशसभामा टेबुल नै नभई फिर्ता भएको थियो। मुख्यमन्त्री कँडेलले अब सो घटना नदोहोरिने विश्वास व्यक्त गरे। सरकारले विधेयक दर्ता गरिसकेपछि त्यसलाई पारित गराउने जिम्मेवारी प्रदेशसभाको भएको बताउदै उनले जतिसक्दो चाँडो विधेयक पारित गराउनेतर्फ सरकारको ध्यान जाने बताए।

विधेयक छ वर्षदेखि प्रदेशसभाबाट पारित हुन नसकेको भन्दै दलित अधिकारका लागि एकीकृत आन्दोलन संस्थाले आजै मुख्यमन्त्री कार्यालय अगाडि प्रदर्शनसमेत गरेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *