डोनाल्ड ट्रम्पले कर लगाउने घोषणा गरेपछि क्यानडाले सीमामा नयाँ सुरक्षा नियम लगाउने
काठमाडौं । क्यानडाले नयाँ सीमा नियमहरू घोषणा गरेको छ। यसअन्तर्गत देशको अमेरिकी सीमामा नयाँ सुरक्षा उपायहरू लागू गरिने बताइएको छ। नयाँ नियमअनुसार सीमा निगरानीलाई मजबुत बनाइनेछ ।
नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भर्खरै क्यानडाबाट अमेरिका आउने हरेक उत्पादनमा २५ प्रतिशत कर लगाउने घोषणा गरेको बेला क्यानडाले यो घोषणा गरेको हो ।
ट्रम्पले क्यानडाविरुद्धको यो शुल्क आप्रवासी र अवैध लागूऔषध रोक्न आवश्यक भएको बताएका थिए । ट्रम्पको घोषणामा, अर्थशास्त्रीहरूले यस्तो ट्यारिफले क्यानाडाको अर्थतन्त्रलाई धक्का दिन सक्ने बताएका छन्।
प्रतिक्रिया
Facebook Comment