रविचन्द्रन अश्विनले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिए

काठमाडौं । भारतीय क्रिकेट टोलीका अफ स्पिनर रविचन्द्रन आश्विनले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् ।
ब्रिस्बेनमा अस्ट्रेलिया विरुद्धको टेष्ट खेल बराबरी भएपछि अश्विनले भारतीय क्रिकेट टोलीसँगको यो अन्तिम दिन भएको बताए ।
खेलपछि अश्विनले कप्तान रोहित शर्मासँग पत्रकार सम्मेलनमा आएर सन्यासको घोषणा गरेका थिए ।
आश्विनले भने, “अन्तर्राष्ट्रिय स्तरमा भारतीय क्रिकेटरको रूपमा यो मेरो अन्तिम दिन हो। म अन्तर्राष्ट्रिय क्रिकेटका सबै फर्म्याटबाट सन्यास लिँदैछु। मलाई विश्वास छ कि क्रिकेटरको रूपमा ममा अझै केही बाँकी छ, तर अब म यसलाई प्रयोग गर्न तयार छु। म सम्भवतः क्लब स्तर क्रिकेटमा प्रदर्शन गर्नेछु।”
अश्विनले भने, “मैले आफ्नो करियरको दौरान खेलमा धेरै रमाइलो गरें। यससँग धेरै गजबका सम्झनाहरू जोडिएका छन्। मलाई रोहित शर्मा र उनका धेरै साथीहरूसँग बिताएका पलहरू याद छन्, ड्रेसिङ रुममा उनीसँग जोडिएका सम्झनाहरू पनि छन्।”
“म बीसीसीआईलाई धन्यवाद दिन चाहन्छु। यस बाहेक पनि धेरै नाम छन्। तीमध्ये सबैभन्दा महत्त्वपूर्ण छन् रोहित, विराट कोहली, अजिंक्य, पुजारा… जसले मेरो बलमा धेरै राम्रा क्याचहरू लिए। यो निकै भावुक क्षण हो। मलाई माफ गर्नुहोस् ।
३८ वर्षीय अश्विनले आफ्नो करियरमा १०६ खेल खेलेर ५३७ विकेट लिएका छन् । उनले खेलमा ८ पटक १० विकेट लिए । ब्याटिङमा अश्विनको प्रदर्शन पनि राम्रो रह्यो । उनले ६ शतक र १४ अर्धशतक पनि बनाए ।
Facebook Comment