राजनीतिक किनारामा घनश्याम, न एमालेमा भूमिका पाए न समाजवादीमा
काठमाडौं। घनश्याम भुसाल नेपाली कम्युनिष्ट राजनीतिका बौद्धिक नेता हुन्। उनी वैचारिक रुपमा पनि पोख्त छन्। अध्ययनशिलता उनको पोख्तताको कारक हो। गहन अध्ययनकै कारण उनमा राजनीतिक दृष्टिकोण दिनसक्ने क्षमता छ।
उच्च क्षेमता हुँदा पनि उनी राजनीतिक यात्रामा अपेक्षाकृत सफल छैनन्। बाम शक्तिबाट किनाराकृत तुल्याइएका छन्। उनी माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी टुक्रिनुअघि नेकपा एमालेमा थिए।
हाल भुसाल नेकपा एसको महासचिव छन्। नेकपा एसको महासचिव हुँदा पनि उनले पार्टीमा अपेक्षाकृत भूमिका पाउन सकेका छैनन्।
एमालेमा भुसाल उपमहासचिवसम्म बनेका नेता हुन्। १०औं महाधिवेशनमा भने भुसाल उपाध्यक्षमा पराजित भए। त्यसपछि उनी पार्टीभित्र किनाराकृत हुँदै गए।
पार्टीले उनलाई २०७९ मंसिर ४ को निर्वाचनमा सांसदको टिकटसम्म दिए। पार्टीमा अपमान बोध गर्दै भुसालले २०७९ असोज २२ गते राजीनामा दिए। र, ४ मंसिरको संसदीय निर्वाचनमा रुपन्देही १ बाट स्वतन्त्र उम्मेदवार बने। त्यो पनि उनका लागि सुखद् हुन सकेन। भुसाललाई एमालेका छविलाल विश्वकर्माले पराजित गरिदिए।
नेकपा एस स्थापना गर्दा घनश्याम एमाले विभाजनको विपक्षमा उभिएका थिए। तर, त्यही पार्टी उनका लागि अप्ठ्यारो बन्यो। तत्कालिन समयमा एमालेबाट टुक्रिएको नेकपा एसको महासचिवमा बेदुराम भुसाल चयन भएका थिए।
गत असारमा सम्मपन्न पार्टीको महाधिवेशनमा भुसाल अध्यक्षका आकांक्षी थिए। उनले अध्यक्षमा दाबी पनि गरेका थिए। पछि सहमतिमै भुसाल महासचिव बनेका थिए।
बुधबारमात्रै नेकपा एसको एक सातासम्म चलेको स्थायी कमिटी बैठकले नेताहरूको कार्यविभाजन तथा जिम्मेवारी हेरफेर गरेको छ। केन्द्रीय महाधिवेशन सकिएको ६ महिनापछि मात्र नेकपा एसले नेताहरूको जिम्मेवारी हेरफेर तथा कार्यविभाजन गर्न सकेको हो।
तर, महासचिव भुसालले भने आफूले चाहेको जिम्मेवारी पाउने सकेनन्। भुसालले संगठन विभाग प्रमुख हुन चाहे पनि पार्टीले उनलाई अनुगमन तथा मूल्यांकन विभागको जिम्मेवारी दिएको छ। यसले उनी नकपा एसमा पनि असन्तुष्ट रहेको बुझिएको छ।
यो विभाग माधवले पूर्वमहासचिव डा. वेदुराम भुसाललाई दिएका छन् । एमाले विभाजन गरेर एकीकृत समाजवादी गठन गर्दा वेदुराम भुसाल महासचिव बनेका थिए भने घनश्याम भुसाल त्यसको विपक्षमा उभिएका थिए । अहिले आएर यसकै पटाक्षेप देखिएको व्याख्या हुन थालेको छ।
यो पनि पढ्नुहोस्,
संगठन विभागको कमाण्ड वेदुरामलाई, घनश्यामलाई परेन चाहेको विभाग
Facebook Comment