सवारी दुर्घटनामा तीन जनाले गुमाए ज्यान

डिसी नेपाल
३ पुष २०८१ १७:५८

काठमाडौं । देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा तीन जनाले ज्यान गुमाएका छन्।

कैलालीको धनगढी उपमहानगरपालिका-४ त्रिभुवन चोकस्थित सडकमा बा.०६-००४ प १६७७ नम्बरको मोटरसाइकल भे.१ ज १३२६ नम्बरको गाडीमा ठक्कर खाई बुधबार बिहान दुर्घटना हुँदा मोटरसाइकल चालक चुरे गाउँपालिका-१ बस्ने ३० वर्षीय बाल कृष्ण कँडेलको मृत्यु भएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको माया मेट्रो अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो। मोटरसाइकल से.६ प ८७७७ नम्बरको स्कुटरसँग ठोक्किएर रोकी राखेको उक्त गाडीसँग समेत ठक्कर खाई दुर्घटना भएको थियो। गाडी चालक र स्कुटर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

दाङ, तुलसीपुर उपमहानगरपालिका-७ हात्तीखौवास्थित सडकमा रा.१ च १३०० नम्बरको भ्यान र रा.७ प ११३५ नम्बरको स्कुटर एकआपसमा ठक्कर खाई बुधबार दिउँसो दुर्घटना हुँदा स्कुटरमा सवार लमही नगरपालिका-५ बस्ने ५० वर्षीया लीला भुसालको मृत्यु भएको छ।

दुर्घटनामा गम्भीर घाइते भएकी उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारको क्रममा मृत्यु भएको हो। भ्यान चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

सुनसरी, इटहरी उपमहानगरपालिका-१३ काली मन्दिरस्थित सडकमा प्रदेश १-०१-००२ त ०२४९ नम्बरको ट्याक्टरले प्र.१-०२-०४८ प ३४९७ नम्बरको मोटरसाइकललाई बुधबार दिउँसो ठक्कर दिँदा मोटरसाइकल चालक मोरङ रंगेली नगरपालिका-६ बस्ने ४३ वर्षीय बलराम सरदारको मृत्यु भएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको विराट टिचिङ अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो। ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *