रवि लामिछाने हिरासतमा सुतिरहेको तस्बिर भाइरल
काठमाडौं। जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने हिरासतमै रहेको तस्बिर भनी सामाजिक सञ्जालमा भाइरल भएकाे छ।
हिरासतजस्तो देखिने कोठामा ओढ्ने ओढेर सुतिरहेको तस्बिर सामाजिक सञ्जालमा राख्दै त्यो रवि लामिछाने नै भएको दाबीसहित भाइरल बनाइएको थियो। रास्वपाका नेतासमेत रहेका रविका सहयोगी दीपक बोहराले सरकारमाथि प्रश्न उठाउँदै सामाजिक सञ्जाल प्रश्न उठाएका छन्।
सो तस्बिर रवि लामिछानेको पक्षमा आन्दोलन गर्दै आएका रास्वपाका समर्थक डा निकोलस भुसालले खिचेको खुलेको छ। भुसालले दुई दिनअघि ‘नागरिक विद्रोह’ का जुट्न आह्वान गर्दै सामाजिक सञ्जालमा एक पोस्ट गरेका थिए। उनले शनिबार चितवनमा आन्दोलनका लागि जुट्न आह्वान गरेको पोस्टरसहित रविको उक्त भाइरल तस्बिर हालेका थिए। तर आज सो तस्बिर भुसालले हटाएका छन्।
Facebook Comment