महिला यु–१९ एसिया कप : वर्षाले खेल अवरुद्ध भएपछि नेपाल र श्रीलंकाले अंक बाँडे

काठमाडौं । एसीसी महिला अण्डर १९ एसिया कपको सुपर ४ मा आज नेपाल र श्रीलंकाको खेल वर्षाले रोकिएको छ । यससँगै दुवै टोलीले अंक बाँडेका छन् ।
मलेसियाको क्वालालम्पुरस्थित बायुमास ओभल क्रिकेट मैदानमा हुने खेलमा नेपाली टोलीले टस जितेर बलिङ रोजेको थियो । तर, श्रीलंकाले १ ओभर ब्याटिङ गरेपछि वर्षाले खेल रोकियो ।
श्रीलंकाको इनिङको पहिलो ओभर सकिएसँगै वर्षा भएपछि खेल रोकिएको थियो । पहिलो ओभरमा श्रीलंकाले १ रन मात्र जोडेको थियो र १ विकेट गुमाएको थियो । श्रीलंकाकी ओपनर हिरुनी हंसिका पूजा महतोको बलमा शुन्य रनको स्कोरमा एलिसा कुमारी यादवको हातबाट क्याच आउट भइन् ।
सुपर ४ मा आज भएको पहिलो खेलमा भारतले बंगलादेशलाई ८ विकेटले पराजित गरेको थियो । सुपर ४ का अरु खेल भोलि यही मैदानमा हुनेछन् ।
सुपर ४ मा भोलि बिहान नेपाली समयअनुसार बिहान सवा ७ बजे भारत र श्रीलंका खेल्दैछन् । दोस्रो खेल भोलि दिउँसो पौने १२ बजे नेपाल र बंगलादेशबीच हुनेछ ।
Facebook Comment