यू-१९ वुमन्स एसिया कप क्रिकेटः नेपाल बंगलादेशसँग भिड्दै

काठमाडौं। यू-१९ वुमन्स एसिया कप क्रिकेटमा नेपालले आज बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ। पाकिस्तानलाइ हराएको नेपालले यसअघि खेलका भारत र श्रीलंकाको टोलीसँग अंक बाँड्नु परेको थियो।
हिजो भएको सुपर–४ मा नेपाल र श्रीलंकाबीचको खेल वर्षाका कारण रद्द भएसँगै नेपालले ४ अंक जोडेको थियो भने बंगलादेश पनि ४ अंकको हैसियतमा आज नेपालसँग प्रतिस्पर्धा गर्न आइपुगेको हो। नेपालले अब सुपर–४ को अन्तिम खेलमा शुक्रबार बंगलादेशसँग खेल्दैछ।
सुपर-४ मा नेपालसहित भारत, बंगलादेश र श्रीलंका छन्। भारत ५ अंकसहित पहिलो, बंगलादेश ४ अंकसहित दोस्रो, समान ४ अंकसहित नेपाल तेस्रो र ३ अंकसहित श्रीलंका चौथो स्थान छ। पहिलो र दोस्रो स्थानमा रहने टोलीले फाइलन खेल्नेछन्।
प्रतिक्रिया
Facebook Comment