महिला अण्डर १९ एसिया कप : नेपालले बंगलादेशलाई दियो ११ ओभरमा ५५ रनको लक्ष्य

डिसी नेपाल
५ पुष २०८१ १४:३१

काठमाडौं । वर्षाका कारण ११ ओभरमा छोट्याइएको नेपाल र नेपाल र बंगलादेशबीचको यु–१९ महिला एसिया कपको खेलमा नेपालले बंगलादेशलाई ६० रनको लक्ष्य दिएको छ ।

मलेसियाको बायुमास ओभलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ११ ओभरमा ८ विकेटको क्षतिमा ५४ रन बनाएको हो ।

नेपालका लागि सावित्री धामीले ११ रन बनाइन् । कप्तान पूजा महतोले ९, एलिसा कुमारी यादवले ८ रन बनाइन् । बंगलादेशका लागि फरजाना इस्मिन, अनिसा अख्तर सोबा, फाहोमिदा चोया र हबिबा इस्लामले १–१ विकेट लिए ।

नेपालका लागि यो खेल जित्नैपर्ने दबाब छ । समूह चरणको समेत अंक गणना हुँदा नेपाल नेट रनरेटमा पछि परेको छ । अंक भने नेपाल र बंगलादेश दुवैको समान ४ छ । यो खेल जितेमा नेपाल फाइनलमा पुग्नेछ । फाइनल आइतबार हुनेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *