महिला अण्डर १९ एसिया कपमा बंगलादेशसँग पराजित हुँदै नेपाल प्रतियोगिताबाट बाहिरियो

डिसी नेपाल
५ पुष २०८१ १५:२४

काठमाडौं । महिला अण्डर १९ एसिया कपमा सुपर ४ अन्तर्गतको आजको खेलमा बंगलादेशसँग १० विकेटले पराजित हुँदै नेपाल प्रतियोगिताबाट बाहिरिएको छ । नेपालले दिएको ५५ रनको लक्ष्य बंगलादेशले ९.५ ओभरमा १ विकेटको क्षतिमा पूरा गरेको हो ।

वर्षाका कारण ११ ओभरमा छोट्याइएको खेलमा नेपालले पहिले ब्याटिङ गरेको थियो । मलेसियाको बायुमास ओभलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ११ ओभरमा ८ विकेटको क्षतिमा ५४ रन बनाएको थियो ।

नेपालले दिएको लक्ष्य बंगलादेशले ९.५ ओभरमा १ विकेटको क्षतिमा पूरा गरेको हो । बंगलादेशका लागि फाहोमिदा चोयाले २३ रन बनाइन् । इभाले १८ रन, सुमैया अख्तर सुवर्णाले १० रन बनाइन् । नेपालका लागि पूजा गोदारले १ विकेट लिइन् ।

नेपालका लागि सावित्री धामीले ११ रन बनाइन् । कप्तान पूजा महतोले ९, एलिसा कुमारी यादवले ८ रन बनाइन् । बंगलादेशका लागि फरजाना इस्मिन, अनिसा अख्तर सोबा, फाहोमिदा चोया र हबिबा इस्लामले १–१ विकेट लिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *