रविबारे अहिले बोल्न मिल्दैन : गगन थापा
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले रवि लामिछानेको विषय अदालतमा प्रवेश गरिसकेकाले आफूले कुनै टीकाटिप्पणी नगर्ने बताएका छन्।
शुक्रबार काठमाडौंमा कैलाश कोइरालाद्वारा लिखित शास्त्र उपन्यासको विमोचन समारोहपछि सञ्चारकर्मीसँग थापाले भने, ‘रविको विषय अहिले सम्मनित अदालतमा छलफल छ। अदालतको विषय तपाईंको च्यानलमा गएर, सडकमा वा कतै पनि गएर बोल्न, टिप्पणी गर्न मिल्दैन। त्यसले न्यायिक निरूपणलाई प्रभावित पार्छ। तपाईंले मलाई ५० पटक सोध्नुभयो भने पनि मेरो उत्तर यही नै हुन्छ।’
यसका साथै उनले वर्तमान सरकार जनताको आशाअनुसार चल्न नसकेको बताएका छन्। सरकारको गठनको उद्देश्यअनुसारको काम हुन नसकेको र जनताको आशा अनुसार सरकार चल्न नसकेको बताएका हुन्।
थापाले सरकारको फेरबदल अहिले नहुने तर सरकारले अहिले गर्न नसकेका कामबारे प्रधानमन्त्री सचेत रहनुपर्ने बताए।
Facebook Comment