घरधनीको हत्या गरी महत्तरीमा लाखौंको डकैती
काठमाडौं । महोत्तरीको मनरासिश्वा नगरपालिका–४ साढा गाउँमा आज बिहान लुटेराको एक समूहले घरधनीको हत्या गरी लाखौंको लुटपाट गरेको छ।
स्थानीय ७० वर्षीय सुशील झाको घरमा आज बिहान ४ बजे लुटेरा समूह पसेर झालाई कुटपिट गरी हत्या गरेर लाखौंको लुटपाट गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारले बताए।
घरमा पत्नीसँग बस्दै आएका झालाई सात/आठ जनाको समूहमा हातहतियारसहित आएको नकाबधारी लुटेराको समूहले आक्रमण गरी हत्या गरेको र घरबाट सुनको मंगलसुत्र एक थान, सुनको औंठी एक थान र ८० हजार नगद लुटेरको प्रहरीले जनाएको छ।
झाकी पत्नी सामान्य घाइते भएकी छन्। प्रहरीले घटनाबारे अनुसन्धान थालिएको जनाएको छ।
प्रतिक्रिया
Facebook Comment