संगठन विस्तारलाई तिब्र बनाउँदै अन्तर्राष्ट्रिय नेपाली समाज कतार

डिसी नेपाल
६ पुष २०८१ १७:११

दाेहा। डाक्टर बाबुराम भट्टराई समर्थक भातृसंगठन अन्तर्राष्ट्रिय नेपाली समाज कतारले संगठनका विस्तारलाई तिब्रता दिएको छ।

शुक्रबार कतारको औद्याेगिक क्षेत्रमा अन्तर्राष्ट्रिय नेपाली समाज कतारका अध्यक्ष राजाराम शाहीको नेतृत्वमा भएको भेलाले दुई शाखा उप-समूह सनैया “क” र “ख” गठन गरेको हो।

अध्यक्ष शाहीले दिएकाे जानकारी अनुसार नेपालको तरल राजनीति र डाक्टर भट्टराईकै गृह जिल्ला गोरखामा गत स्थानीय उपनिर्वाचनले दिएको मत परिणामले गर्दा संगठन विस्तारको कार्यलाई स्वदेश र विदेशमा संगठनलाई अझै मजबुत बनाउँदै विस्तार कार्यलाई जोड दिनुपर्ने भएकोले उक्त कार्यको थालनी गरेको बताए।

समाजले दुई उपशाखामा गरि झन्डै ५० भन्दाबढी अस्थावान पार्टी समर्थकलाई संगठनमा आवद्ध गरेको छ। औद्याेगिक क्षेत्र “क” मा सरोज कुमार महतोको नेतृत्वमा इकाई गठन गरेको छ भने रुद्र बहादुर कटुवालको नेतृत्वमा सनैया औद्याेगिक क्षेत्र इकाई ख गठन गरेको हो।

अन्तर्राष्ट्रिय नेपाली समाज कतारले दोहाको सिङ्गो नेपाली समाजभित्रको बेथिती र श्रमिकको हकहितमा बोल्दै र दुःख र अन्यायमा परेकाहरुको सहयोगी संगठनको भूमिकामा काम गर्दै आएको छ।

दोहाको पछिल्लो समयमा राहादानी नवीकरणका लागि श्रमिकहरुले स्लट नपाइरहेको अबस्थामा श्रमिकहरुले झन्झट, सास्ती खेप्नुपरेको नमिठाे यथार्थलाई संगठनका प्रबक्ता ध्रुव क्षेत्रीले राजद्त समक्ष ध्यानाकर्षण गरेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *