जेलबाट छुटाउने भन्दै रकम लिने तीन जना पक्राउ

डिसी नेपाल
६ पुष २०८१ २२:५०

सुदूरपश्चिम। प्रहरी हिरासतमा रहेका व्यक्तिलाई थुनामुक्त गरिदिने भनी थुनुवाका परिवारबाट रकम लिने तीनजनालाई कैलाली प्रहरीले पक्राउ गरेको छ।

कैलालीको गौरीगंगा नगरपालिका—७ का २९ वर्षीय रुपक साउद, २२ वर्षीय रमेश साउद र १९ वर्षीय हर्कसाउदलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए।

लागुऔषध मुद्दामा अनुसन्धानका क्रममा प्रहरी हिरासतमा रहेका धनगढी उपमहानगरपालिका–१ का एकजनाका परिवारका सदस्यबाट उनीहरुले भारतीय रुपैयाँ ३९ हजार पाँच सय लिएको फेला परेको उनले बताए।

अन्य रकम थुनुवालाई छुटाएपछि लिने भनी मोलमोलाई गरिएको अनुसन्धानका क्रममा खुलेको प्रहरी निरीक्षक खड्काले जानकारी दिए। शुक्रबार राति पक्राउ परेका ती व्यक्तिमाथि थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *