मुम्बई डुंगा दुर्घटनामा मृत्यु हुनेको संख्या १५ पुग्यो

डिसी नेपाल
७ पुष २०८१ ११:३७

काठमाडौं । मुम्बई डुंगा दुर्घटनामा मृत्यु हुनेको संख्या १५ पुगेको छ । मृत्यु हुनेमा आठ पुरुष, चार महिला र तीन बालबालिका रहेका छन् ।

यस दुर्घटनामा दुई जना अझै बेपत्ता छन् । भौचाढाक्कामा ४३ वर्षीय हंसराम भाटीको शव फेला परेको छ । मुम्बई हार्बरमा शनिबार सात वर्षीय बालकको शव फेला परेको थियो ।

बुधबार दुर्घटनाको जानकारी दिँदै महाराष्ट्रका मुख्यमन्त्री देवेन्द्र फडणवीसले दुर्घटनामा १३ जनाको मृत्यु भएको बताएका थिए। उनले मृतकका परिवारलाई ५/५ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने घोषणा समेत गरेका छन् ।

राष्ट्रपति द्रौपदी मुर्मु र प्रधानमन्त्री कार्यालयले पनि दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् ।

प्रधानमन्त्री कार्यालयले मृतकका परिवारलाई प्रधानमन्त्री राहत कोषबाट दुई लाख रुपैयाँ आर्थिक सहयोग गर्ने घोषणा गरेको छ । घाइतेलाई ५० हजार रुपैयाँ सहयोग गरिनेछ ।

नौसेनाको स्पीडबोट फेरीसँग ठोक्किएपछि यो दुर्घटना भएको हो । यो डुंगा मुम्बईको गेटवे अफ इन्डियाबाट एलिफेन्टा आइल्याण्ड जाँदै थियो, जसमा करिब ८० जना सवार थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *