सम्राटको एकल अभिनय र करणको स्वरमा अस्तिभन्दा हिजो

डिसी नेपाल
७ पुष २०८१ १०:५१

काठमाडौं। बाल कलाकार सम्राट दाहाल यतिबेला किशोर अबस्थामा पुगेका छन्। उनको एकल अभिनयमा नयाँ गीत अस्ति भन्दा हिजो….को भिडियो दर्शकमाझ आएको छ। यो गीतको भिडियोलाई सम्राट क्रिएसनको युट्युव च्यानलबाट सार्वजनिक गरिएको छ। सम्राटले यो गीतमा आफुजस्तै किशोरहरुको भावना समेटिएकाले यसमा आफूले अभिनय गरेको बताएका छन्।

उमेरले १४ वर्ष पुगेका सम्राटको यो १४ औं भिडियो हो । सम्राटले पाँच वर्षको उमेरबाटै राष्ट्रिय गीतमा अभिनय गरेर अभिनय यात्रा थालेका थिए । अमेरिकामा बस्दै आए पनि सम्राटले निरन्तर मोडलिङ गरिरहेका छन्।

यो गीतमा नेपाल आइडल सिजन ५का विजेता करण परियारको स्वरमा छ। गीतमा संगीतकार दीपक शर्माले संगीत सृजना गरेका हुन्। गीतको बोल यस्तो छ,
‘अस्ति भन्दा हिजो
हिजोभन्दा आज अझै
झनझन झनझन
हावामा हराउँदैछु किन
म त बुझ्दै बुझिन…’

गीतको शब्द जती सान्दर्भिक छ। गीत पनि निकै माधुर्य बनेको छ। गीतमा गायक करणले न्याय गरेका छन्। गीतमा सम्राट न्यौपानेको संगीत संयोजन रहेको छ।
किशोर मनोविज्ञापनमा आधारित भएर तयार गरिएको यो गीतलाई निर्देशक सुमन दाहालले लेखेका हुन्। भिडियोमा निर्देशन पनि सुमनकै रहेको छ।

गीतकार सुमनका अनुसार बालबाट किशोरावस्थामा प्रवेश गरेका किशोरहरुको मनोविज्ञानमा यो गीत केन्द्रित रहेको छ। किशोरमा प्रवेश गर्दै गर्दा उनको शारीरिक र मानसिक विकासमा आएका परिवर्तनले जीवनमा ल्याउने कौतुहलतालाई गीतमा प्रस्तुत गरिएको सुमनले बताए।

उनका अनुसार यो गीतको भिडियोको सबै छायांकन अमेरिकाको केन्टकी राज्यका विभिन्न रमणीय स्थानमा गरिएको हो। गीतको मर्म अनुसार भिडियोलाई विभिन्न समयमा छायांकन गरिएको छ । सम्राटको यो भिडियोले अहिले दर्शकबाट राम्रो प्रतिक्रिया पाईरहेको छ । पवन गौतम र चाल्र्स मोरल्याण्ड तृतीयले भिडियो छायांकन गरेका हुन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *