नेपाल बारको ६९ औँ स्थापना दिवस: न्यायालयमा हुने बेतिथिका बिरुद्ध बारको लडाईं निरन्तर
काठमाडाैं। कानुन व्यवसायीहरूको छाता संगठन नेपाल बार एशोसिएशनले ६९ औँ स्थापना दिवस मनाएको छ।
दिवसका अवसरमा आइतबार बार परिसर रामशाहपथमा पहिलो बार कार्यसमितिमा रहेका कार्यसमिति सदस्यहरुको तस्वीरमा माल्यापण गरेर बार डे मनाइएको हो।
बारका अध्यक्ष गोपालकृष्ण घिमिरेले बार दिवस-२०८१ बिभिन्न कार्यक्रमको आयोजना गरि देशैभरका कार्यालयहरुमा मनाइएको जानकारी दिए। बारले निरंकुश व्यवस्थासँग लडेको, अन्य थुप्रै न्यायिक सुधारहरुमा लडिरहेको उनले बताए।
उनले न्यायालयमा हुने गरेको बेतिथिका बिरुद्ध बारको लडाई निरन्तर रहेको जिकिर गरे। घिमिरेले न्यायाधीश नियुक्तिमा भएको ढिलाईमा बारको कुनै भूमिका नरहेको भन्दै छिटै बारकातर्फबाट नाम पठाइने जानकारी दिए।
न्यायपरिषद्ले गर्नुपर्ने धेरै काम नगर्ने र त्यसको दोष बारतर्फ देखाउन प्रवृतिले बेला-बेलामा समस्या आउने गरेको उनले बताए। २०१३ साल पुस ७ गते स्थापना भएको बार एशोसिएशनले प्रत्येक वर्ष पुस ७ गते बार डे मनाउदै आएको छ।
Facebook Comment