मेकअपका लागि सबैको रोजाईमा निजन राई

डिसी नेपाल
८ पुष २०८१ १२:०१

काठमाडौं। अहिलेकी व्यस्त मेकअप आर्टिस्ट हुन् निजन राई। चल्तिका नायिकाहरु पुजा शर्मा, बर्षा राउत, रीमा बिश्वकर्मा, अञ्जली अधिकारीदेखि बहुचर्चित गायिकाहरु इन्दिरा जोशी र मेलिना राईसम्मका सुन्दरीहरुलाई अझै सुन्दरी बनाएर चर्चामा छिन् निजन।

आफ्नो कार्य कौशल देखाएर नै कलाको जगतमा छाउँदै गरेको नाम बनेको छ निजन राई। आफ्नो लगनशिलता र मेहेनतका कारण नै अहिले उनी रियलिटी शोहरू देखि संगीत भिडियोसम्म उनको मेकअप ब्रसहरुले विभिन्न कलाकारहरुको अनुहारमा चमक ल्याउनमा व्यस्त छिन्।

प्रारम्भिक शुरुवात र शिक्षा निजनको यात्रा २०१२ बाट सुरु गरेकी उनले रियलिटी शोहरूदेखि संगीत भिडियोसम्म उनको मेकअप ब्रसहरुले विभिन्न कलाकारहरुको अनुहारमा चमक भरिदिएकी छिन्।

करिब एक दशक लामो करियरमा राईले नेपाली मनोरञ्जन क्षेत्रमा आफ्नो अमिट छाप छोडेकी छन्। उनको मेकअप डिजाइनले म्युजिक भिडियोहरूमा आकर्षण थपेको छ।

चाहे यो ग्लामर दुनियाँ होस् यता एउटा कलाकारको बाहिरी आवरणलाई कलात्मक शैलीले प्रस्तुत गरेकी निजन राईले आफुलाई मेकअपको संसारमा प्रमाणीत गरेकी छिन्। फाउण्डेशन ब्लेन्डिङ, आईशैडो लागाउने, र कन्टोरिङको काममा पोक्ख्त बनेसँगै उनी झनैनिखारिँदै गइन् । नेपाल आइडल र द भोइस अफ नेपालका विभिन्न सिजनमा उनी जोडीने गरेकी छिन्।

जहाँबाट उनले प्रतिस्पर्धीहरूको विशेषता बढाउँदै गर्दा उनको मेकअप कौसलले कार्यक्रम हेर्ने दर्शकहरूको रुचि र कला क्षेत्रका व्यक्तिहरूको ध्यान आकर्षित बनाएको कुरामा दुई मत छैन। प्रत्येक प्रदर्शकको शैली र व्यक्तित्वको साथमा मेल खाने उनको प्रतिभा अद्भुत थियो।

बिभिन्न व्यक्तित्वहरुले पनि उनको कलाको तारिफ गरेको पाइन्छ ।सहज, सरल र मिलनसार भएका कारणले पनि उनलाई सबैले काममा सम्झिने गरेका छन्। विवाहको मेकअप देखी बिभिन्न फोटोसुटहरुमा पनि उनले आफ्नो मेकअप कला प्रस्तुत गरेकै कारण निजन राई र मेकअप एक अर्काका पर्याय नै बनेका छन् भन्दा फरक पर्दैन।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *