झापा कपको उपाधि चर्च ब्वाइजलाई

डिसी नेपाल
८ पुष २०८१ १८:२६

काठमाडौं। पहिलो संस्करणको झापा कपको उपाधि चर्च ब्वाइज युनाइटेडले हात पारेको छ।

बिर्तामोडको डोमालाल राजबंशी रंगशालामा सोमबार भएको खेलमा एनआरटी क्लबलाई ३–१ गोल अन्तरले पराजित गर्दै चर्च ब्वाइज युनाइटेडले हात पारेको हो। खेलको २१ औं मिनेटमा चर्च ब्वाइजले अग्रता लिएको थियो। चर्च ब्वाइजका समिर तामाङले एनआरटीका डिफेण्डरको मिसपासलाई सदुपयोग गर्दै गोल गर्न सफल भए।

४३ औं मिनेटमा चर्च ब्वाइजले अग्रता दोब्बर बनायो। रोहन कार्कीले डि बक्समा मिलाइदिएको पासलाई डि बक्समा अनमार्क रहेका विदेशी खेलाडी अर्माण्डले गोल गरे।

त्यसको लगत्तै एनआरटीले १ गोल फर्कायो। विदेशी खेलाडी कार्लोसले दिएको क्रस पासमा कप्तानसमेत रहेका अञ्जन बिष्टले गोल गरेका थिए। खेलको अतिरिक्त समयमा समिर तामाङको पासमा अर्माण्डले गोल गर्दै चर्च ब्वाइजको जित सुनिश्चित पारे।

प्रतियोगिताको प्लेयर अफ द म्याच विजेता टिम चर्च ब्वाइजका समिर तामाङ भए। उनले नगद १० हजार रुपैंयाँ पुरस्कार पाए।

प्रतियोगिताको उत्कृष्ट गोलरक्षक चर्च ब्वाइजका क्रिशल मोक्तान, प्रतियोगितामा सर्वाधिक गोलकर्ता एनआरटीका अञ्जन बिष्ट, झापा ट्यालेन्टका रुपमा छनौट भएका झापा–११ का प्रदीप बुढाथोकीले जनही ३५ हजार रुपैंयाँ पुरस्कार पाए। मष्ट भ्यालुएबल प्लेयर चर्च ब्वाइजका रोह कार्की भए। उनले नगद १ लाख रुपैंयाँ पुरस्कार पाए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *