राहदानी नवीकरणलाई सहज बनाउँदै कतारस्थित नेपाली दूतावास

डिसी नेपाल
९ पुष २०८१ ७:१४

दोहा। कतारमा राहदानी नवीकरण प्रक्रियामा समस्या भएपछि दोहा कतारका श्रमिकहरुले पाइरहेका दुखलाई नेपाली दूतावास दोहा कतारले सम्बोधन गर्ने भएको छ।

राहदानी नवीकरण अनलाइनमार्फत भर्न मिल्ने भएपनि अनलाई लिन्क फारम नखुल्ने, समयमा स्लट नपाउने गरेको गुनासो आउन थालेपछि कतारस्थित नेपाली दूतावासले समस्या समाधानका लागि नयाँ विकल्प तयार पारेको एक सूचनामार्फत जानकारी दिएको छ।

दूतावासको उक्त सूचनामा विशेषगरी पासपोर्टको म्याद सकिएका, सकिनै लागेका र पासपोर्टको म्याद सकिएका, कतार आइडी रिन्यू नभएका र उक्त कारणले बैकिङ कार्यमा समस्या भएका नेपाली नागरिकहरूका लागि अति आवश्यकताका आधारमा आफैंले फाराम भरिदिने जानकारी दिएको हो।

सोमबार राहदानी सेवाबारे एक सूचना जारी गर्दै दूतावासले +९७४ ५९९३७१४९ नम्बरको ह्वाट्सएप सार्बजनिक गर्दै समस्यामा परेका नेपाली नागरिकहरूले आफ्नो पूरा नाम, नेपालको पूरा ठेगाना, राहदानीको म्याद सकिएको र सकिने मिति, कतार आइडीको म्याद सकिएको/सकिने मिति र फोन सम्पर्क हुने फोन नम्बर लेखेर ह्वाट्सएपमा पठाउन आग्रह गरेको छ।

सूचनामा प्राथमिकताका आधारमा अपोइन्टमेन्ट मिति तोकेर राहदानी सेवा प्रदान गरिने स्पष्ट पारेको छ। यस सेवाबाट राहदानी सेवालाई थप चुस्त र प्रभावकारी बनाउन सकिने विश्वास नेपाली दूतावासका एक अधिकारीले बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *