फोनपेबाट बिल भुक्तानी गर्दा १ वर्षको निःशुल्क इन्टरनेट
काठमाडौं। फोनपेले आफ्नो अभियान ‘नेट सेट गो!’ सार्वजनिक गरेको छ। जसअनुसार इन्टरनेट बिल भुक्तानी गर्दा १ वर्षको निःशुल्क इन्टरनेट जित्ने अवसर प्राप्त हुने कम्पनीले जनाएको छ।
अभियानको उद्देश्य ग्राहकहरूलाई डिजिटल भुक्तानी प्रणालीमा प्रोत्साहन दिनु भने ग्राहकहरूले मोबाइल बैंकिङ एपको फोनपे बिल्सबाट कम्तिमा ३ महिना इन्टरनेट बिल भुक्तानी गर्नु पर्नेछ।
यस अभियान अवधि पौष २९, २०८१ सम्म रहेको छ भने अभियानका क्रममा लक्की ड्रा मार्फत विजेताहरूको चयन गरिनेछ । जसअनुसार ५ भाग्यशाली विजेताले १ वर्षको निःशुल्क इन्टरनेट प्राप्त गर्नेछन्। यस अभियानले ग्राहकहरूको भुक्तानी प्रक्रिया सरल र आकर्षक बनाउन र डिजिटल भुक्तानीको महत्त्वलाई प्रोत्साहित गर्नको लागि आयोजना गरिएको फोनपेले जनाएको छ ।
कसरी सहभागी हुने?
– मोबाइल बैङ्किङ एप खोल्नुहोस्: फोनपे सम्बन्धित आफ्नो मोबाइल बैङ्किङ एप खोल्नुहोस्।
– फोनपे बिल्स चयन गर्नुहोस्: एपमा “भुक्तानी” वा “बिल भुक्तानी” सेक्सनमा जानुहोस् र फोनपे बिल्स ट्याबमा क्लिक गर्नुहोस्।
– इन्टरनेट बिल चयन गर्नुहोस्: “इन्टरनेट” ट्याबमा क्लिक गरी उपलब्ध इन्टरनेट सेवा प्रदायकको सूचीबाट उपयुक्त प्रदायक चयन गर्नुहोस्।
– बिल विवरण प्रविष्ट गर्नुहोस्: आफ्नो खाता र बिलको सही विवरण लेख्नुहोस्।
– ३ महिना वा थप भुक्तानी अवधिको चयन गर्नुहोस्: लक्की ड्रा मा सहभागी हुनका लागि अभियान अवधिमा कम्तिमा ३ महिना इन्टरनेट बिल फोनपे बिल्स मार्फत तिर्नुहोस्।
– भुक्तानी पुष्टि गर्नुहोस्: सबै विवरण जाँचेर भुक्तानीको पुष्टि गर्नुहोस्।
Facebook Comment