कविता : दार्जिलिङ

विजय वशिष्ठ
९ पुष २०८१ ११:२१

आफ्‌नो गोडामा ढुङ्गे बगैचा अड्‌याएर,
आफ्‌ना साथी संगी घुम, जोरबङ्गला र बतासियालाई अगाडि पठाएर,
छातीमा अनेको घर सजाएर,
टाउकोमा चौरास्ता राखेर,

ठेट नेपालीपनको आभाष दिँदै; बाहिरबाट आउने पाहुनालाई पहाडी सौन्दर्यको रस पियाई
मद‌होश बनाएर
फेरि आउन आग्रह गर्दै,
स्वागत गर्न सधैं हँसिलो मुहार लिए तत्पर छिन्, पहाड‌की रानी दार्जिलिङ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *